खेल


नेपालले ओमानलाई दियो ३११ रनको विशाल लक्ष्य

नेपालले ओमानलाई दियो ३११ रनको विशाल लक्ष्य

रन लिने क्रममा नेपाली ब्याटरहरु। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १२:४६, काठमाडौँ

युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतक मद्दतमा नेपालले प्रिमियर कपमा ओमानसामु ३ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १० रनको योगफल तयार पारेको थियो। 

चौथो विकेटका लागि कुशल मल्ल र भिम सार्कीले ७५ रनको महत्वपुर्ण साझेदारी गर्दै नेपालको इनिङस सम्हालेका थिए। 

आफ्नो करियरको पहिलो शतक हान्ने क्रममा कुशलले १०८ रनको महत्वपुर्ण योगदान दिए। आक्रामक ब्याटिङ गरेका कुशलले ५९ बलमा ९ चौका र ६ छक्का हान्दै आफ्नो ओडीआई करियरको पहिलो शतक पूरा गरे।

कुशलले आफ्नो २१ औं ओडिआइ खेलमा शतक प्रहार गरेका हुन्। योसँगै कुशल नेपालबाट सर्वाधिक छिटो शतक हान्ने पहिलो ब्याटर बनेका छन्।

नेपालबाट ओडीआईमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी हुन्। यसअघि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि, कुशल भुतेृल र आसिफ शेखले शतक हानेका थिए। 

कुशल १०८ रन बनाउादा अकिब लियासको बलमा आयान खानको हातबाट क्याच आउट हुन पुगे। भिम सार्की ३३ रनमा पवेलियन फर्के। 

त्यसअघि तेस्रो विकेटका लागि भीम सार्की र कप्तान रोहित पौडेलले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङस्  सम्हालेका थिए। 

कप्तान रोहित १८ औं ओभरको पहिलो बलमा फयाज बटको बलमा कश्यप प्रजापतिको हातबाट क्याच आउट भए। ३४ बलको सामना गरेका रोहितले २ चौका हान्दै २३ रन बनाए। 

भिम सार्की ३३ रन बनाउँदा पवेलियन फर्के। ५६ बलको सामना गरेका भिमले ४ चौका र १ छक्का हान्दै जेसन मक्सुदको बलमा आउट भए। 
खेलको सुरुवातमा नै खातै नखोली दुवै ओपनरलाई गुमाएको नेपालले २१ औं ओभरमा चार विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल र आशिफ शेख कुनै रन नजोडी पवेलियन फर्के। 

सोमपाल कामी ६३ र करण केसी २९ रनमा नटआउट रहे। आरिफ शेख २९ र सन्दीप लामिछाने ८ रनमा आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad