खेल


रोमा युरोपा लिगको सेमिफाइनलमा प्रवेश

रोमा युरोपा लिगको सेमिफाइनलमा प्रवेश

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार ७:१३, काठमाडौँ

अतिरिक्त समयमा दुई गोल थप्दै रोमा युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। 

बिहीबार राति क्वार्टरफाइनलको दोस्रो लेगमा फेयेनुर्डलाई ४–१ ले तथा समग्रमा ४–२ ले हराउँदै रोमा अन्तिम चारमा पुगेको हो। 

पहिलो लेगमा १–० ले पछि परेको रोमाले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। 

रोमाको जितमा लियोनाडो स्पिनाजोला, पाब्लो डिबाला, स्टेफन एल शारावी र लेरेन्जो पेलेग्रिनीले एक/एक गोल गरे। फेयेनुर्डका लागि इगोर पायक्साले गरेको गोल सान्त्वना बन्यो। 

खेलको ६०औं मिनेटमा स्पिनाजोलाको गोलमा रोमाले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमा १–० ले अग्रता बनाएको रोमाले दोस्रो हाफमा ३ गोल थप्यो।

खेलको ८०औं मिनेटमा पायक्साले गोल गर्दै फेयेनुर्डलाई बराबरीमा ल्याए। ८९ मिनेटमा डिबालाले गोल गर्दै पुन: टोलीलाई २–१ को अग्रता दिलाए। 

खेलको १०१औं मिनेटमा शारावीले गोल गर्दै रोमाको अग्रता फराकिलो पारे। १०९औं मिनेटमा पेलेग्रिनीले गोल गर्दै रोमालाई ४–१ को अग्रता दिलाउँदै अन्तिम चारको बाटो देखाएका थिए। 

रोमाले गत सिजन युरोपा अन्फरेन्स लिगको फाइनलमा पनि फेयेनुर्डलाई हराएको थियो। 

रोमाले अब फाइनल प्रवेशका लागि बायर लेभरकुसेनको सामना गर्नेछ। सेमिफाइनलको पहिलो लेग ११ मे मा हुनेछ। 

लिभरकुसेनले दोस्रो लेगमा युनियन सेन्ट गिलोइसलाई ४–१ ले तथा समग्रमा ५–२ को नतिजा निकाल्दै अन्तिम चारमा पुगेको हो।

अर्को सेमिफाइनलमा युभेन्टस र रोमा भिड्नेछन्। युभेन्टसले भने स्पोर्टिङ लिस्बोनलाई १–१ को बराबरीमा रोक्दै समग्रमा २–१ को नतिजा निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad