मण्डीखाटार टेनिस क्लबद्वारा आयोजित दोस्रो विष्णु गैरे स्मृति टेनिस टुर्नामेन्ट २०८० सम्पन्न भएको छ।
उक्त टुर्नामेन्टमा ३२ जना खेलाडीहरुको सहभागिता रहेको थियो।
यस खेल स्व.विष्णु गैरेको सम्झनामा आयोजना गरिएको हो।
यस खेलमा राजेन्द्र सिंह भण्डारी र सुदर्शन विष्टको जोडी प्रथम भएका छन्।
दोस्रोमा मेघेन्द्र प्रकाश गिरी र युवराज थापाले दोस्रो स्थान हासिल गरेका छन्।
खेल समापन कार्यक्रमका प्रमुख अतिथि डा. भगवान कोइराला र स्व.विष्णु गैरेकी श्रीमती लक्ष्मी गैरेले पुरस्कार वितरण गरेका थिए
प्रतिक्रिया