सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ।
फ्रेन्ड्सले हिमालयन शेर्पाविरुद्ध अप्रत्यासित फराकिलो नतिजा निकालेको हो।
ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा फ्रेन्ड्सले हिमालयन शेर्पाविरुद्ध ६–० को एकतर्फी जित निकालेको हो।
फ्रेन्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे। अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले टोलीका लागि एक/एक गोल गरे।
यस जितपछि फ्रेन्ड्सले राजधानीमा जारी लिगमा दोस्रो जित निकालेको छ। ९ खेलबाट तालिकामा ८ अंक बनाएको छ। अब ऊ रेलिगगेश क्षेत्रभन्दा माथि उक्लिएको छ।
उता हिमालयन शेर्पाले समान ९ खेलबाट ९ अंक नै जोडेको छ। यससँगै शहीद स्मारक ए डिभिजन लिगमा नवौँ चरणका खेल पनि सकिएका छन्।
जावलाखेल युथ क्लव १७ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा सातदोबाटो युथ क्लब समान अंक भए पनि गोल अन्तरले पछि पर्दै दोस्रो स्थानमा छ।
विभागीय टोली नेपाल पुलिस क्लब रेलिगेशन क्षेत्रको अन्तिम स्थानमा छ।
Shares

प्रतिक्रिया