ad ad

खेल


शहीद स्मारक ए डिभिजन : संकटासँग एपिएफ पराजित

शहीद स्मारक ए डिभिजन : संकटासँग एपिएफ पराजित

नेपालखबर
बैशाख ३, २०८० आइतबार २१:५, काठमाडौँ

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आइतबार विभागीय टोली एपिएफ संकटा क्लबसँग १–० गोल अन्तरले पराजित भएको छ। 

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा एपिएफले नौ खेलाडीमा सिमित भएको संकटाबिरुद्ध फाइदा उठाउन सकेन।

यससँगै एपिएफ फुटबल क्लवले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो हार व्यहोरेको हो।

पहिलो हाफमा संकटाका जुनियर एनकुन्गुएले पेनाल्टीबाट गरेको गोल नै निणार्यक बनेको थियो।

सुरुवात प्रतिष्पर्धात्मक बनेको खेलको २८ औं मिनेटमा एनकुन्गुएले पेनाल्टीमार्फत गोल गरेका हुन्।

एपिएफका विदेशी खेलाडी रक्षक एडमा् डोम्बियाले आयुष घलानलाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो। 

पछि परेको एपिएफले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास गरेपनि सफल हुन सकेन।

यसअघि १३औं मिनेटमा संकटाका निशान खड्काको फ्रिकिक एपिएफका गोलकिपर युरी कुरियामाले बचाएका थिए। ४४औं मिनेटमा पनि निशानको प्रहारमा गोलकिपर कुरियामा नै बाधक बनेका थिए।

६८ औं मिनेटमा दुवै टोली १० खेलाडीमा सिमित हुन पुगे। पहेँलो कार्ड व्यहोरिसकेका एपिएफका दीपेश धिमाल र मनिष डांगीबीच एकआपसमा घम्साघम्सी हुँदा दुवैले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेका थिए।

१० खेलाडीमा झरेको संकटा सात मिनेटपछि नौ खेलाडीमा सिमित बन्यो। 

रेफ्रीलाई अपशब्द बोलेको भन्दै आन्द्रे थियरी बियिकले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान बाहिरिन पुगेका थिए।

अन्त्यतिर नौ खेलाडीमा सिमित भएको संकटाबिरुद्ध एपिएफले थप फाइदा उठाउन सकेन र अंक सुम्पिन बाध्य बन्यो।

यो जितसँगै संकटाले नौ खेलमा चार जित, तीन बराबरी र दुई हारको नतिजासहित १५ अंक जोडेको छ।

पराजय ब्यहोरेको एपिएफको समान खेलमा तीन जित, दुई बराबरी र चार हारसहित ११ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .