ad ad

खेल


पोष्टबहादुर स्मृति कप राष्ट्रिय पुरुष भलिबलको उपाधि एपीएफलाई

पोष्टबहादुर स्मृति कप राष्ट्रिय पुरुष भलिबलको उपाधि एपीएफलाई

नेपालखबर
बैशाख २, २०८० शनिबार २०:४५, काठमाडौँ

विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई हराउँदै अर्को विभागीय टोली एपीएफले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा सम्पन्न फाइनल खेलमा एपिएफले पुलिसमाथि ३–१ सेटमा जित निकालेर च्याम्पियन बनेको हो।

विभागीय तीन र दुई प्रदेशले सहभागिता जनाएको प्रतियोगिताको विजेता एपिएफले विजेताले ४ लाख रुपैयाँ तथा  उपविजेता पुलिसले २ लाख रुपैयाँ हात पारेको छ।

लिग चरणको खेलमा पराजित भएको एपिएफले पुलिसबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सफल भएको हो।

पहिलो सेटमा २५–२० ले जितेको एपिएफले दोस्रो सेट भने १७–२५ ले गुमाउन पुगेको थियो। १–१ को सेटपछि प्रतिस्पर्धात्मक बनेको तेस्रो
सेटको खेलमा एपिएफले पहिलो सेटमा देखाएको प्रदर्शनलाई निरन्तरता दियो।

तेस्रो सेटको शुरुवातमा पुलिसले खाता खोल्दै अगाडि बढे पनि २५–१६ को सहज जित निकाल्दै एपिएफ २–१ को सेटमा अगाडि रह्यो।

चौथो सेटमा पनि एपिएफले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदा २५–२२ ले खेल पक्षमा पार्दै च्याम्पियन बन्यो।

प्रतियोगिता अन्तर्गत शनिवार नै तेस्रो स्थानका लागि भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लवले गण्डकी प्रदेशलाई गण्डकी प्रदेशलाई ३–० को सेटमा हराएर तेस्रो स्थान हासिल गर्‍यो।

आर्मीले गण्डकीमाथि २५–१८, २५–११ र २९–२७ ले हराएको हो।

तेस्रो भएसँगै आर्मीले १ लाख र चौथो भएको गण्डकीले ५० हजार प्राप्त गर्‍यो।

पाँच टोलीले सहभागिता जनाएको प्रतियोगितामा एपिएफका टेकराज अवस्थी सर्वोत्कृष्ट खेलाडी चुनिँदै नगद १५ हजार रुपैयाँ हात पारे।

यस्तै उत्कृष्ट स्पाईकर आर्मीका धन बहादुर भट्ट घोषित हुँदा उत्कृष्ट लिबेरोको उपाधि एपिएफका विनोद चन्दले पाए।

यस्तै उत्कृष्ट सेटर एपिएफका लोकेन्द्र गिरी बन्दा, उत्कृष्ट ब्लकर एपिएफका सुनिल घर्ती मगर, उत्कृष्ट सरभर पुलिसका कप्तान इम राना मगर तथा उत्कृष्ट प्रशिक्षक एपिएफका महेश चौधरी चुनिए।

उत्कृष्ट सबैले नगद १० हजार रुपैयाँ हात पारे।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र पोस्टबहादुर स्मृति फाउन्डेसका पदाधिकारीले पुरस्कृत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .