ad ad

खेल


ओएसआर स्पोर्टसले युट्युबमा एसीसी पुरुष प्रिमियर कपको प्रत्यक्ष प्रशारण गर्ने

ओएसआर स्पोर्टसले युट्युबमा एसीसी पुरुष प्रिमियर कपको प्रत्यक्ष प्रशारण गर्ने

नेपालखबर
चैत २०, २०७९ सोमबार १९:५०, काठमाडौँ

ओएसआर स्पोर्टस एसीसी पुरुष प्रिमियर कपको डिजिटल स्ट्रिमिङ पार्टनर बनेको छ।

वैशाख ५ गतेदेखि काठमाडौँमा हुने एसीसी प्रिमियर कपको प्रत्यक्ष प्रशारण ओएसआर स्पोर्ट्सको युट्युब च्यानलमा हेर्न पाइने भएको हो।

एशियन क्रिकेट काउन्सिलले ओआरसी स्पोर्ट्स एसीसी प्रिमियर कपको डिजिटल स्ट्रिमिङ पार्टनर भएको जानकारी दिएको छ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालले लिग चरणमा मलेसिया, साउदी अरेबिया, कतार र ओमानको सामना गर्नेछन्।

आगामी वैशाख ५ (अप्रिल १८) देखि वैशाख १८ (मे १) सम्म हुने प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान र मूलपानी स्टेडियममा हुनेछन्। नेपालले उद्घाटन खेलमा मलेसियाको सामना गर्नेछ। 

कूल १० टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन्। यो प्रतियोगिता जित्ने देश सिधै एशिया कपका लागि छनौट हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .