प्रधानमन्त्री थ्री नेशन्सको फाइनल खेलको पहिलो हाफमा नेपाल र लाओसले बराबरी गरेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफमा दुवै टोलीले एक एक गोलको बराबरी गरेका हुन्।
खेलको २२ औँ मिनेटमा नविन लामाको फ्रिकीकमा सनिस श्रेष्ठको प्रहार लाओसका गोलरक्षकले बचाउँदा नेपालले अग्रता बनाउने मौका गुमायो।
खेलको १७ औं मिनेटमा फ्हुत्हाभोङ्ग साङ्गभिलयेको गोलमा लाओसले घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता बनाएको थियो।
तर खेलको २४ औं मिनेटमा आयुष घलानको गोलमा नेपालले बराबरी गोल फर्कायो।
खेलको २६ औं मिनेटमा मनिष डाँगीले दिएको क्रसलाई नवीन लामाले पास दिएर आयुष घलानले गरेको प्रहार गोलरक्षकले बचाउँदा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमायो।
तस्बिरहरु : सरोज नेपाल




15
Shares

प्रतिक्रिया