आयुस घलानले गोल गरेपछि नेपालले लाओसविरुद्ध बराबरी गर्न सफल भएको छ।
प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले गोल खाएको ८ मिनेटमै बराबरी गर्न सफल भएको हो।
नेपालविरुद्ध लाओसले खेलको १७ औँ मिनेटमा गोल गर्दै अग्रता बनाउन सफल भएको थियो।
लाओसका लागि फ्हुत्हाभोङ्ग साङ्गभिल्येले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए।
तर नेपालका लागि आयुस घलानले खेलको २४ औँ मिनेटमा लाओसका किपर अघि बढेको अवस्थामा गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्।
तस्बिरहरु : सरोज नेपाल
210
Shares
प्रतिक्रिया