ad ad

खेल


ललितपुर मेयर्स कप टी २० क्रिकेट : सीता रानामगर सर्वोत्कृष्ट खेलाडी

ललितपुर मेयर्स कप टी २० क्रिकेट : सीता रानामगर सर्वोत्कृष्ट खेलाडी

मेयर्स कपकी सर्वोत्कृष्ट खेलाडी सीता रानामगर। तस्बिर : सरोज नेपाल/नेपालखब


नेपालखबर
चैत १६, २०७९ बिहिबार १४:४७, काठमाडौँ

एपीएफ क्लबकी कप्तान सीता रानामगर ललितपुर मेयर्स कप टी २० क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन प्रतियोगितामा सीताले २१४ रन बनाएकी थिइन्।

सीताले ५ खेलमा ८ विकेट पनि झारेकी थिइन्। बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रर्दशन गरेकी सीताले सर्वोत्कृष्ट खेलाडी बन्दै ३० हजार रुपैयाँ प्राप्त गरिन्। 

उत्कृष्ट ब्याटर रूविना क्षत्री। तस्बिर : सरोज नेपाल/नेपालखबर

त्यस्तै कोशी प्रदेशकी कप्तान रुविना क्षत्री उत्कृष्ट ब्याटर बनिन्। प्रतियोगितामा रुविनाले १ सय ३९ रन बनाएकी थिइन्। रुविनाले प्रतियोगिता अवधिभर कुल ६ विकेट लिएकी थिइन्। 

उत्कृष्ट ब्याटर बन्दै रुविनाले १५ हजार रुपैयाँ पाइन्। 

यस्तै कोशी प्रदेशकै निशा शाह उत्कृष्ट बलर बनिन्। प्रतियोगितामा निशाले ६ विकेट आफ्नो नाममा गरिन्। उत्कृष्ट बलर निशाले १५ हजार रुपैयाँ पाइन्। 

आज भएको फाइनल खेलमा कोशी प्रदेशलाई हराउँदै एपीएफ क्लबले उपाधिमाथि ह्याट्रिक गरेको छ। 

उपाधिसँगै एपीएफले २ लाख तथा उपविजेता कोशीले एक लाख रुपैयाँ पाएको छ।

उत्कृष्ट बलर निशा साह। तस्बिर : सरोज नेपाल/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .