ad ad

खेल


मुकेश र राजपुरालाई गणेशमान सिंह १० के रेसको उपाधि

मुकेश र राजपुरालाई गणेशमान सिंह १० के रेसको उपाधि

नेपालखबर
चैत ११, २०७९ शनिबार १४:२, काठमाडौँ

विभागीय टोली त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौथौ वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन्। 

शनिवार गणेशमान सिंह फाउण्डेसनको आयोजनामा भएको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट २१।७६ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फको उपाधि उचाल्दा महिलातर्फको उपाधि राजपुराले कीर्तिमान बनाउँदै निर्धारित दूरी ३६ मिनेट ४३.२ सेकेण्डमा पूरा गर्दै उपाधि उचालेकी हुन्। 

राजपुराले आफ्नै कीर्तिमान भंग गरेकी हुन्। यसअघि उनको नाममा ३७ मिनेट १०।५ सेकेण्डको कीर्तिमान थियो।

दरबारमार्गस्थित शेर्पा मलबाट शुरु भएको रेसमा एपीएफका गोपीचन्द्र पार्कीले दोस्रो स्थान हासिल गरे। साविक विजेता गोपीले निर्धारित दूरी ३१ मिनेट ३८. ६८ सेकेण्ड दौड पूरा गरे।

यस्तै, तेस्रो भएका आर्मीका दीपक अधिकारीले ३१ मिनेट ४७।४२ सेकेण्डमा दौड पूरा गर्दा आर्मीका सञ्जय श्रेष्ठ चौथो र केन्याका सिमोन किपगेट पाँचौं स्थानमा रहे।

यस्तै, महिलातर्फ पुलिसकै राममाया बुढाले ३७ मिनेट ५४.१५ सेकेण्डको समय निकाल्दै दोस्रो हुँदा एपिएफकी पुष्पा भण्डारीले निर्धारित दूरी ३८ मिनेट ६. ०३ सेकेण्डमा पूरा गरेर तेस्रो भइन्।

आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने चौथो र एपीएफकी विन्द्र श्रेष्ठ पाँचौं स्थानमा रहे। प्रतियोगिताको महिला र पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन्।

चौथोले १० हजार र पाँचौंले ५ हजार प्राप्त गरेका छन्। कीर्तिमान बनाएकी राजपुराले थप १० हजार प्राप्त गरिन्।

विजेता खेलाडीलाई प्रमुख अतिथि तथा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, वीर गणेशमान सिंह स्पोट्र्स कमिटिका संयोजक सञ्जीव तुलाधर, एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाह लगायतले पुरस्कृत गरे।

प्रतियोगितामा पुरुष र महिला गरी एक सय भन्दा बढी धावकले प्रतिष्पर्धा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .