एएफसी यू २० महिला एशियन कप छनोटको दोस्रो चरणमा नेपाल समूह बी मा रहेको छ।
नेपाल चाइना पीआर, म्यानमार र चाइनिज ताइपेइ रहेको समूह बी मा परेको छ।
नेपालले पहिलो खेलमा म्यानमार, दोस्रो खेलमा चाइना र समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेइसँग खेल्नेछ। दोस्रो चरण आगामी जुन ३ देखि ११ सम्म हुनेछ।
समूह ए मा अष्ट्रेलिया, भियतनाम, आइआर इरान र लेवनान छन्।
समूहका शीर्ष २ टोलीले एशियन कपमा स्थान बनाउनेछन्। एशियन कपमा अहिलेसम्म आयोजक उज्वेकिस्तानसहित जापान, दक्षिण कोरिया र कोरिया रिपब्लिकले स्थान बनाइसकेका छन्।
छनोटको पहिलो खेलमा नेपालले प्यालेस्टाइन र नर्दनमारियाना आइसल्यान्डलाई समान ६–० गोल अन्तरले हराएको थियो।
अंक तालिकाको दोस्रो स्थानमा रहेको नेपालले ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर पहिलो चरणको छनोट सकाएको थियो।
Shares
प्रतिक्रिया