खेल


मेयर्स कप टी २० : एपीएफलाई मधेशले दियो ५९ रनको झिनो चुनौती

मेयर्स कप टी २० : एपीएफलाई मधेशले दियो ५९ रनको झिनो चुनौती

मेयर्स कपमा भिड्दै मधेश र एपीएफका खेलाडी। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत ९, २०७९ बिहिबार १४:५९, काठमाडौँ

मधेश प्रदेशले ललितपुर मेयर्स कप टी २० च्याम्पियनसिपमा नेपाल एपीएफ क्लबसामु ५९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेस प्रदेश १९.४ ओभरमा ५८ रनमा अलआउट भयो। 

मधेसका लागि साना प्रविनले सर्वाधिक २५ रनको योगदान दिईन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओपनर अलिसा यादव १ र अनुराधा चौधरी शून्य रनमा बोल्ड आउट भए। प्रतिमा साह शून्य रनमा एलबीडब्लु धरापमा परिन्। सीमा कुँवर ८ र सरस्वती कुमारी ५ रनमा पवेलियन फर्के। 

एपीएफका लागि सोनु खड्का एक्लैले ४ विकेट लिईन्। लागि सिता रानामगर ३ विकेट लिइन्।  रेखा रावल, नेरी थापा र इन्दु बर्माले एक एक विकेट लिए।

तस्बिरहरु : सरोज नेपाल/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad