ad ad

खेल


च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल मड्रिड र चेल्सी भिड्ने

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल मड्रिड र चेल्सी भिड्ने

नेपालखबर
चैत ३, २०७९ शुक्रबार १८:३२, काठमाडौँ

युएईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा साविक विजेता रियल मड्रिडले लण्डन क्लब चेल्सीको सामना गर्ने भएको छ।

शुक्रबार अपरान्ह सार्वजनिक गरिएको क्वार्टर फाइनलको तालिका अनुसार यसअघिका लगातार दुई सिजनका विजेता भिड्ने भएका हुन्। 

रियलले अन्तिम १६ को भिडन्तमा इङ्लिस क्लब लिभरपुललाई हराएको थियो। उता चेल्सी जर्मन क्लब बोरुसिया डर्टमन्डलाई अन्तिम १६ को भिडन्तमा हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो।

२०२००२१ को सिजनमा चेल्सीले म्यानचेस्टर सिटीलाई पराजित गर्दै उपाधि जितेको थियो। २०२१/०२२ को सिजनको फाइनलमा रियल मड्रिडले लिभरपुललाई पराजित गरेको थियो। 

यी दुईबीचको पहिलो खेल रियलको मैदानमा अप्रिल ११ मा हुनेछ। लण्डनमा दोस्रो लेगमा अप्रिल १८ मा आमनेसामने हुनेछन्। 

यस्तै प्रिमियर क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बार्यनम्युनिखको भेट पनि क्वार्टरफाइनलमै भएको छ।

यस्तै क्वार्टरफाइनलका अरु खेलमा इटालियन क्लब नापोली र एसी मिलान तथा इन्टर मिलानले पोर्चुगिज क्लब बेनिफिकाको सामना गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .