ad ad

खेल


गुलशन र आरिफलाई जनही २ लाख दिने मधेस सरकारको घोषणा

गुलशन र आरिफलाई जनही २ लाख दिने मधेस सरकारको घोषणा

जयन्त ठाकुर
चैत ३, २०७९ शुक्रबार ७:२९, जनकपुरधाम

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा यूएईलाई पराजित गर्दै विश्वकप छनौट चरणमा स्थानमा पक्का गरेकोमा नेपाली टोलीलाई बधाई दिएका छन्।

विश्वकप क्रिकेट लिग २ मा बिहीबार यूएईमाथि ऐतिहासिक जित निकालेको नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरूलाई मुख्यमन्त्री यादवले बधाई दिएका हुन्।

बिहीबारको खेलमा जीतका लागि निर्णायक भूमिका निर्वाह गरेका खेलाडी गुलशन झा र आरिफ शेषलाई जनही २ लाख राशी पुरस्कार स्वरुप प्रदान गर्ने मुख्यमन्त्री यादवले घोषणा समेत गरेका हुन्। 

खेलाडीहरू देशकै गहना रहेकाले यिनीहरुको मनोबल उच्च बनाउनका लागि मधेस सरकारले झा र शेषलाई पुरस्कृत गर्ने घोषणा गरेको मुख्यमन्त्री यादवले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .