ad ad

समाज


चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना

चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
चैत ३, २०७९ शुक्रबार ७:३१, काठमाडौँ

आज (शुक्रबार) पनि काठमाडौँ उपत्यकासहित देशका पहाडी तथा तराई भेगमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार दिउँसो देशको पहाडी भेगका केही स्थान तथा तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

‘पहाडी भूभाग भन्नाले पूर्वदेखि पश्चिमसम्मै जुनसुकै स्थानमा वर्षा हुने सम्भावना छ, निश्चित ठाउँ तोक्न सकिने अवस्था छैन’, मौसमविद् कँडेलले भनिन्, ‘तराईको हकमा पनि त्यस्तै हो, मधेश, लुम्बिनी प्रदेशमा पनि बदली भएको छ।’

उनका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना छ।

मौसम महाशाखाका अनुसार राति पनि पहाडी भेगका थोरै स्थान तथा तराई क्षेत्रका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ।  

यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.३ डिग्री सेल्सियस रहेको जानकारी पनि मौसमविद् शान्ति कँडेलले दिइन्। तर यो अहिले बिहान ८:४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम विवरण पनि सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .