नेपाली क्रिकेट टोली विश्वकप क्रिकेट छनोटमा पुगेपछि नेताहरुले बधाई दिन थालेका छन्।
यूएईलाई ९ रनले हराउँदै नेपालले विश्वकप छनोट तय गरेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्।
त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि टोलीलाई बधाई दिएका छन्।
'यूएईविरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई', उनले भनेका छन्, 'हामी गौरवान्वित छौँ, नेपाल गौरवान्वित छ।'
36
Shares
प्रतिक्रिया