ad ad

खेल


कप्तान रोहित पनि आउट, नेपालले गुमायो तेस्रो विकेट

कप्तान रोहित पनि आउट, नेपालले गुमायो तेस्रो विकेट

फाइल तस्बिर।


नेपालखबर
चैत २, २०७९ बिहिबार १४:१७, काठमाडौँ

आईसीसी लिग २ को अन्तिम खेलमा युएईविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपालले लगातार तेस्रो विकेट गुमाएको छ। कप्तान रोहित पौडेल पनि १६ रन बनाएर आउट भएका हुन्। 

सातौं ओभरको पाँचौ बलमा मोहम्मद वासिमले रोहितलाई क्याचआउट गराए। 

यसअघि नेपालले सुरुका २ ओभरमा लगातार विकेट गुमाएको थियो। पहिलो ओभरको तेस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरको पनि तेस्रो बलमा कुशल मल्ललाई गुमाउन पुग्यो। २ बलको सामना गरेका आसिफ शून्य रनमै स्टम्पिङ भए। 

त्यसपछि आएका मल्लले ५ बलमा एक चौका प्रहार गर्दै ५ रनमै आउट भए। अहिले अहिले कुशल भुर्तेल र भीम सार्की क्रिजमा छन्। 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो।

जवाफी ब्याटिङ गरिरहेको नेपालले ताजा अवस्थामा ७ ओभरको खेल सकिँदा ३ विकेटको क्षतीमा ३८ रन बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .