ad ad

खेल


नेपाललाई तेस्रो सफलता, रिजवान रनआउट

नेपाललाई तेस्रो सफलता, रिजवान रनआउट

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २, २०७९ बिहिबार ११:१९, काठमाडौँ

आईसीसी लिग २ अन्तरगत आफ्नो अन्ति खेलमा नेपालले युएईको तेस्रो विकेट लिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको युएईले २३ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा ११८ रन बनाएको छ। 

२३ औं ओभरको अन्तिम बलमा चुन्डाङ्गापोयील रिजवान रन आउट भएका हुन्। दीपेन्द्र सिंह ऐरीको बलमा ७ रन बनाएका रिजवानलाई आसिफले रनआउट गराए।

यसअघि स्पिनर सन्दीप लामिछानेले कप्तान मुहम्मद वसिमलाई ६३ रनमा एलबीडब्धु धरापमा पार्दै दोस्रो विकेट लिए। 

दोस्रो विकेटका लागि वसिम र वृत्या अरविन्दले ७९ रनको साझेदारी गरेका थिए। यूएईले १९ रन बनाउँदा ओपनर आर्यन लाक्रालाई गुमाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .