लगातार विकेट पतनसँगै आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा यूएई संकटमा परेको छ।
नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएई २० ओभरमा ७ विकेट गुमाएर ६१ रन बनाएर खेलिरहेको छ। लगातार विकेट पतनसँगै यूएई संकटमा परेपछि यूएईको ओडिआइ मान्यता पनि संकटमा परेको छ।
नेपालका ललित राजवंशी एक्लैले ३ विकेट झारे भने सन्दीप लामिछानेले २ विकेट लिए। सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए।
यूएईका लागि आयान अफ्जल खानले बनाएको २९ रन नै सर्वाधिक छ। ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
आजको खेलमा नेपालले जित निकाले सोझै एक दिवसीय वरीयता जोगाउनेछ। नेपालसँगको हारले भने यूएईले सोझै ओडिआइ मान्यता बचाउने अवसर गुमाएको छ।
नेपालले आज यूएईलाई पराजित गरे लिग २ मा यूएईमाथि दोस्रो जित निकाल्नेछ।
81
Shares
प्रतिक्रिया