खेल


लिग २ का अन्तिम सिरिज खेल्न काठमाडौं आइपुग्यो युएई क्रिकेट टिम

लिग २ का अन्तिम सिरिज खेल्न काठमाडौं आइपुग्यो युएई क्रिकेट टिम

नेपालखबर
फागुन २३, २०७९ मंगलबार २०:५८, काठमाडौँ

आईसीसी लिग २ अन्तरग अन्तिम चरणका खेल खेल्न युएईको टोली काठमाडौं आइपुगेको छ।

लिग २ अन्तरगत त्री देशीय सिरिजमा कीर्तिपुर मैदानमा आगामी शुक्रबार युएईले पहिलो खेल पपुवा न्युगिनीसँग खेल्नेछ।

त्यसअघि पीएनजीले घरेलु टोली नेपालको सामना गर्नेछ। युएईको पनि विश्वकप छनौटका सम्भावना जिवितै छ। तर उसलाई राम्रो रनरेटमा जित आवश्यक छ।

तर एक खेल मात्रै हारे पनि सिधै विश्वकप छनौटमा पुग्ने सम्भावना छैन।

लिग २ अन्तरगत अन्तिम चरणका खेल सुरु हुन लागेका हुन्। जसमा घरेलु टोली नेपाल, युएई र पीएनजीले समान ४ खेल खेल्नेछन्।

पहिलो खेलमा शुक्रबार पाहुना टोली भिड्नेछन्। यी दुईको दोस्रो खेल बुधबार हुनेछ।

यसअघि युएई घरेलु मैदानमै निराशाजनक नतिजा निकालेको छ। पीएनजीसँग दुवै खेलमा पराजित भएको थियो भने नेपालसँग एक जित र एक बराबरी खेलेको थियो।

आगामी आइतबार नेपाल र युएई भिड्ने छन्। यी दुईको अन्तिम खेल अर्को साताको बिहीबार हुनेछ।

नेपालले पीएनजीसँग अन्तिम खेल सोमबार खेल्नेछ। यससँगै लिग २ का खेल सकिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad