ad ad

खेल


लिग–२ मा आज यूएईसँग दोस्रोपटक भिड्दै नेपाल, विश्वकप छनोट सम्भावना बचाउन जित्नुपर्ने

लिग–२ मा आज यूएईसँग दोस्रोपटक भिड्दै नेपाल, विश्वकप छनोट सम्भावना बचाउन जित्नुपर्ने

फाइल फाेटाे


नेपालखबर
फागुन २२, २०७९ सोमबार ७:२७, काठमाडौँ

यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै छ। नेपाल र यूएईबीच दोस्रो खेल हुन लागेको हो। 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतिस्पर्धामा नेपाल यूएईविरुद्ध पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा यूएईले नेपाललाई हराएको थियो। 

यो खेल नेपालले जिते दुवै टोलीका लागि विश्वकप छनोटको सम्भावना कायम रहनेछ। तर नेपाल हारेको अवस्थामा भने नामिविया र यूएईमध्ये एक टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन्। 

यी तीन देशले अन्तिम चरणका खेल नेपालमा खेल्नेछन्। सोमबार नेपालले यूएईलाई हराएको खण्डमा दुवै टोलीलाई बाँकी ४ खेल जित्नैपर्ने दबाब हुनेछ। 

नामिवियाको ३९ अंक हुँदा समान ३१ खेल खेलेका नेपालको ३० र यूएईको ३१ अंक छ। 

लिग २ मा पीएनजी भने अन्तिममा छ। बाँकी नतिजाले पनि उसको तालिकामा सुधार हुने छैन। स्कटल्यान्ड र ओमानले विश्वकप छनोटमा स्थान बनाइसकेका छन्। 

तालिकाको चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक मात्रै छ। उसको विश्वकप छनोट खेल्ने सम्भावना सकिएको छ। 

विश्वकप छनोट खेल्न नपाए पनि अहिलेकै अवस्थामा आईसीसीबाट एकदिवसीय मान्यता कायम राख्न शीर्ष ५ मा पर्नुपर्नेछ। 

यस्तोमा आइतबार यूएई पीएनजीसँग हार्दा एकदिवसीय मान्यता जोगाइरहन नेपाललाई सजिलो भएको छ। त्यसका लागि अब नेपालले बाँकी ५ मध्ये ३ खेल जित्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .