ad ad

राजनीति


होलीले एकता र सामाजिक सद्‌भाव अभिवृद्धि गर्न प्रेरित गरोस् : सभापति देउवा

होलीले एकता र सामाजिक सद्‌भाव अभिवृद्धि गर्न प्रेरित गरोस् : सभापति देउवा

नेपालखबर
फागुन २२, २०७९ सोमबार ७:५१, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले होली पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्। 

उनले फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गरी होली पर्व एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गरेका छन्। अन्यायविरुद्ध न्यायको जितको सन्देश दिने यो पर्व नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्‌भावका साथ मनाउने गरेको बताएका छन्। 

होली पर्व हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।

आज  पहाडी तथा हिमाली जिल्लामा र भोलि तराईका जिल्लामा होली मनाइँदै छ।

होली पर्वले सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्‌भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गर्दै कांग्रेस सभापति देउवाले सबैमा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .