ad ad

खेल


तीन विकेट गुमाएसँगै दबाबमा नेपाल

तीन विकेट गुमाएसँगै दबाबमा नेपाल

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १६:४३, काठमाडौँ

आईसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो विकेट गुमाएपछि दबाबमा आएको छ। 

पपुवा न्यु गिनीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ४६ रन बनाएर खेलिरहेको छ। 

ओपनर कुशल भुर्तेल ओभरको पहिलो बलमा नै सेमो कामियाको बलमा डक आउट भए। तेस्रो नम्बरमा ब्याटिङमा आएका ज्ञानेन्द्र मल्ल ६ रनमा क्याच आउट भए। 

भीम सार्की ९ रनमा क्याच आउट भए। 

अहिले क्रिजमा आशिफ शेख २२ र कप्तान रोहित पौडेल शुन्य रनमा नटआउट छन्। पीएनजीका सेमोले २ विकेट लिए। 

त्यसअघि दुवई इन्टरनेशन क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९.२ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .