ad ad

खेल


पपुवा न्युगिनीविरुद्ध जितका लागि नेपालले पायो २०४ रनको लक्ष्य

पपुवा न्युगिनीविरुद्ध जितका लागि नेपालले पायो २०४ रनको लक्ष्य

नेपाल र पीएनजी खेल। तस्बिर : क्यान


नेपालखबर
फागुन १५, २०७९ सोमबार १५:३५, काठमाडौँ

आईसीसी लिग २ विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनीसँगको खेलमा नेपालले जितका लागि २०४ रनको लक्ष्य पाएको छ। 

दुवईको इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रनको योगफल तयार पारेको थियो। 

नेपालका गुलसन झा एक्लैले तीन विकेट लिए।  ९ ओभर बलिङ गरेको उनले २८ रन दिए। 

कुशल मल्लले २ विकेट झारे। सोमपाल कामी, करण केसी र प्रतिश जिसीको नाममा एक एक विकेट रह्यो। 

पीएनजीका लागि कप्तान असाद भाला र चाड सोपरले समाले ३६ रन बनाए। सेसे बाउ ३१ रनमा पवेलियन फर्के। किप्लिन डोरिगाले २९ र नोरमान भाउवाले २५ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .