ad ad

खेल


झण्डै २ करोडमा एमडीएसीले पायो ए, बी र सी लिग डिभिजन फुटबलको प्रसारण र टिकेटिङ अधिकार

झण्डै २ करोडमा एमडीएसीले पायो ए, बी र सी लिग डिभिजन फुटबलको प्रसारण र टिकेटिङ अधिकार

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन १५, २०७९ सोमबार १५:२५, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगसहित बी र सी लिगका लागि मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको जिम्मा एमडीएसीलाई दिएको छ। 

एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै एमडीएसीलाई लिगका लागि भ्याटबाहेक १ करोड ९७ लाख रुपैयाँमा जिम्मा दिएको जनाएको छ। सम्झौता अनुसार एन्फाले एमडिएसीसँग ५० प्रतिशतरकम लिइसकेको महासचिव राईले बताए। 

सम्झौता पत्रमा एमडीएसीका प्रबन्धनिर्देशक अर्जुन घिमिरे र एन्फा महासचिव किरण राईले हस्ताक्षर गरे। 

एन्फाले यो सिजनका लागि मात्र सम्झौता गरेको जनाएको छ। लिगको स्पेश फोर के टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। लिगमा हुने १ सय ८२ खेलहरु मध्ये ९१ वटा खेलहरु टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ। 

लिग आगामी १९ गतेदेखि सुरु हुदैन। त्रिपुरेश्वरस्थित दशरथ रगंशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स मैदानमा खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .