ad ad

खेल


नेपालगन्ज म्याराथनको प्रकाशन नेपाल रनिङ विमोचन

नेपालगन्ज म्याराथनको प्रकाशन नेपाल रनिङ विमोचन

नेपालखबर
फागुन ९, २०७९ मंगलबार २२:२७, काठमाडौँ

नेपालगन्ज म्याराथनको प्रकाशन नेपाल रनिङ विमोचन भएको छ। पर्सिदेखि जापानको ओसाकामा हुने एम्सको २३ औं वल्र्ड कंग्रेसलाई लक्षित गर्दै तयार पारिएको प्रकाशन नेपाल रनिङको मंगलबार विमोचन गरिएको हो। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, पूर्व सदस्य सचिव युवराज लामा, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतले संयुक्तरुपमा नेपाल रनिङको विमोचन गरेका थिए। 

नेपाल रनिङमा नेपालगन्ज म्याराथनका विभिन्न आयामलाई समेटिएको छ। नेपाल रनिङमा नेपालगन्ज म्याराथनले एथलेटिक्सको विकास, सहरसँगै देशको परिचय र त्यहाँको पयर्टन प्रबद्र्धनमा हुन सक्ने फाइदाका विषयमा पनि चर्चा गरिएको छ। प्रकाशनका मा केहि अंश नेपाली र केही अंश अंग्रेजीमा रहेका छन्। 

नेपाल सरकार र तत्कालीन माओवादी विद्रोहीबीच २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा शान्ति, विकास र समृद्धि भन्ने नाराका साथ आयोजना हुन थालेको नेपालगन्ज म्याराथनले यो वर्ष आठौं संस्करण पूरा गरिसकेको छ। म्याराथन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट रुट प्रमाणित भई नेपालगन्ज म्याराथनले सदस्यता प्राप्त गरेको थियो। त्यस्तै नेपालगन्ज म्याराथन एम्सको क्यालेन्डरमा समेत समावेश भइसकेको छ। 

सोही अवसरमा वर्ल्ड कंग्रेसमा भाग लिन मंगलबार जापान लागेका नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीलाई राखेप सदस्य सचिव घिसिङलगायतले विदाई गरेका थिए। कंग्रेस फागुन ११ देखि १३ गते सम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .