ad ad

समाज


थाइल्यान्डका बौद्धमार्गीको सहयोगमा मायादेवी मन्दिरमा राखियो नयाँ गजुर

थाइल्यान्डका बौद्धमार्गीको सहयोगमा मायादेवी मन्दिरमा राखियो नयाँ गजुर

नेपालखबर
फागुन ९, २०७९ मंगलबार २२:३१, भैरहवा

लुम्बिनी विकास कोषले मायादेवी मन्दिरमा नयाँ गजुर राखेको छ। गजुर जीर्ण भएपछि कोषले दाताहरुको सहयोगमा तयार पारिएको स्वयम्भू स्तुपा आकारको नयाँ गजुर राखेको हो। 

गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ।

मंगलबार दाता मालिनोङ्ग बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिइएको छ। यसअघि राखिएको गजुर जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्यान्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।

स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिब ३ महिना लगाएर तयार पारिएको हो। 

गजुरको बाहिरपट्टिको भागमा सुनको जलप लगाइएको छ। यसअघिको मन्दिरको गजुर पुरानो र जीर्ण भइसकेको थियो । बाँदरले हल्लाउँदा ढल्कने, पार्टपूर्जाहरु खिइएकाले गजुर मर्मत गर्नुपर्ने बेला भएको थियो। 

मालिनोङ्ग र लर्टट्रथले भारतको कुशिनगरस्थित बिहारमा पनि गजुर स्थापना र बोधगयामा बोधीवृक्षको संरक्षणका लागि सहयोग गरेको बौद्ध अभियन्ता राजा शाक्यले बताए। 

आधुनिक प्रविधि अनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिब ६० लाख लगानी लागेको शाक्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .