ad ad

खेल


एक दिवसीयमा माइकल लिस्कको पहिलो शतक, नेपालविरुद्ध जोडे १०७ रन

एक दिवसीयमा माइकल लिस्कको पहिलो शतक, नेपालविरुद्ध जोडे १०७ रन

नेपालविरुद्ध सतक बनाएपछि स्कल्यान्डका माइकल लिस्क। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १२:४१, काठमाडौँ

आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय सिरिजअन्तर्गत शुक्रबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डका माइकल लिस्कले नेपालविरुद्ध शानदार शतक बनाएका छन्। 

उनकै प्रेरक प्रदर्शनका कारण स्कटल्याण्डले नेपाललाई २ सय ७५ रनको गतिलो चुनौती दिएको छ। सुरुमा लगातार विकेट गएर धर्मराएको स्कटल्यान्डलाई लिस्कले नै उकासेर गतिलो योगफलमा पुर्‍याएका हुन्। 

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको छ। यो चुनौती छिचोल्न नेपालका लागि सहज भने छैन। 

लिस्कले ८५ बलमा १०७ रनको शतकीय इनिङ खेल्ने क्रममा ३ चौका र ९ छक्का हानेका छन्। 

उनले ७९ बलमा ३ चौका र ९ छक्का मद्दतमा सय रन पूरा गरेका थिए। लिस्कले नेपालविरुद्धकै खेलमा एकदिवसीय अन्तराष्ट्रियतर्फ पहिलो शतक पनि बनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .