ad ad

खेल


आइसीसी लिग-२ : सन्दीप र सोमपालले लिए एक-एक विकेट

आइसीसी लिग-२ : सन्दीप र सोमपालले लिए एक-एक विकेट

नेपालखबर
फागुन २, २०७९ मंगलबार १०:९, काठमाडौँ

आइसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियासँग खेलिरहेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले १३ ओभरको समाप्तीमा २ विकेट गुमाएर ५० रन बनाएर खेलिरहेको छ। 

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए। 

केन्या सिरिजपछी मैदान फर्केका सन्दीपले पहिलो विकेट लिएपछि मैदानमा नै भावुक बनेका थिए। 

११ औँ ओभरमा बलिङमा आएका सन्दीपले आफ्नो दोस्रो बलमा नै विकेट लिए।

सन्दीपले दोस्रो बलमा केर्ल ब्रिकेनस्टोकलाई बोड आउट गरे। १२ औँ ओभरमा सन्दीपले मात्र १ रन दिए। सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र ३ रन दिएर १ विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .