खेल


साफ च्याम्पिनयसिप : नेपाल फेरि उपविजेता

साफ च्याम्पिनयसिप : नेपाल फेरि उपविजेता

नेपालखबर
माघ २६, २०७९ बिहिबार १९:४८, काठमाडौँ

घरेलु टोली बगंलादेशसँग पराजित हुँदै नेपाल साफ यू २० महिला च्याम्पियनसिपको उपविजेता बनेको छ। 

नेपाललाई पराजित गरेसँगै बंगलादेशले तेस्रो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको हो। 

साफ यू २० महिला च्याम्पिनयसिपमा नेपाल पराजित भएसँगै सन् २०१८ कै इतिहास दोहोरिएको छ। सन् २०१८ मा साफ यू १८ को नाममा भएको च्याम्पियनसिपमा नेपाल, बंगलादेशसँग १–० गोल अन्तरले  पराजित हुँदै उपविजेतामै सिमित बनेको थियो। बंगलादेश सन् २०१८ र २०२१ च्याम्पियनसिपको उपाधि जितेको थियो। 

ढाकास्थित वीर श्रेष्ठ सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनलमा नेपाल बंगलादेशसँग फाइनलमा बंगलादेशसँग नेपाल ३–० ले पराजित भएको हो। 

पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो। दोस्रो हाफमा नेपालले गोल गर्ने केही मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन। 

खेलको ४२ औँ मिनेटमा बंगलादेशकी सहिदा अख्तर रिपाको गोलमा नेपाल १–० ले पछि परेको थियो। 

पहिलो हाफको इन्ज्युरी समयमा बंगालदेशकी कप्तान सम्सुनाहार जुनियरले किपर विट भएको अवस्थाको फाइदा उठाउँदै अग्रता दोब्बर पारिन्। खेलको ८७ औँ मिनेटमा बंगलादेशकी उन्नती खातुनले गोल गर्दै नेपालसँगको अग्रता फराकिलो पारिन्। 

नेपालले साविक उपविजेता भारतलाई हराउँदै अंक तालिकाको दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनाएको थियो। बंगलादेशले भने अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनल खेलेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .