खेल


अनन्तको गोलमा थ्री स्टारलाई अग्रता

अनन्तको गोलमा थ्री स्टारलाई अग्रता

नेपालखबर
पुस १२, २०७६ शनिबार १०:२४,

दशरथ रंगशालामा शनिबार जारी खेलमा थ्री स्टारले रक्षक अनन्त तामाङको गोलमा खेलको १५ औं मिनेटमा अग्रता बनाएको हो।

मिक्छेन तामाङले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा अनन्तले हेड गोल गरेका हुन्। सुमन श्रेष्ठलाई एपिएफका खेलाडीले फाउल गरेपछि थ्री स्टारले फ्रिकिक पाएको थियो।

त्यसअघि एपिएफका प्रविण स्याङ्तानले प्रहारलाई थ्री स्टारका विदेशी गोलरक्षक प्रिसोले जोगाएका थिए। १० औं मिनेटमा थ्री स्टारका सुशील राईको पासमा हम्जाताको प्रहार पोष्ट नजिकबाट बाहिएको थियो।

पहिलो खेलमा जावलाखेलविरुद्ध गोलरहित बराबरीमा रोकिएको थ्री स्टारले दोस्रो राउन्डमा विभागीय नेपाल पुलिस क्लबको चुनौती १–० ले पाखा लगाएको थियो। एपिएफले भने अघिल्ला दुई खेलमा जित हासिल गर्न सकेको छैन।

पहिलो खेलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लबसँग २–० ले पराजित भएको एपिएफ दोस्रो खेलमा यति हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकिन पुगेको थियो।

मनाङ ९ अंकसहित शीर्षस्थानमा छ। आजको खेल जितेमा थ्री स्टार दोस्रो स्थानमा उक्लनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .