ad ad

खेल


म्यानचेस्टर सिटीविरुद्ध युनाइटेडको पुनरागमन जित

म्यानचेस्टर सिटीविरुद्ध युनाइटेडको पुनरागमन जित

नेपालखबर
पुस ३०, २०७९ शनिबार २२:४२, काठमाडौँ

शनिबार साँझ भएको इंग्लिस प्रिमियर लिगको प्रतिस्पर्धामा म्यानचेस्टर युनाइटेड चिरप्रतिद्वन्द्वी सिटीविरुद्ध विजयी भएको छ। 

दोस्रो हाफमा १–० गोल अन्तरले पछि रहेको अवस्थाबाट फर्किँदै युनाइटेडले सिटीलाई २–१ ले पन्छाएको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज (७८औँ मिनेट) र मार्कस राशफोर्ड (८२औँ मिनेट)ले गोल गरे। 

उता सिटीका लागि एकमात्र गोल ज्याक ग्रिलिस (६०औँ मिनेट)ले गरे। 

योसँगै युनाइटेडले लिगमा दोस्रो स्थानमा रहेको सिटीसँगको दूरी १ अंकमा खुम्च्याएको छ। लिगमा पहिलो स्थानमा ४४ अंकसहित आर्सनल छ भने ३९ अंकसहित सिटी दोस्रो स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .