न्यू डायमण्ड एकेडेमीमाथि कठिन जित निकाल्दै नेपाल पुलिस क्लब सातौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सूमह ए को विजेता बनेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा बिहिबार भएको महिलातर्फको खेलमा पुलिस क्लबले डायमण्डमाथि ३–२ कठिन जित निकालेको हो।
पहिलो सेट २२–२५ ले गुमाएको डायमण्डले दोस्रो सेटमा २५–२२ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेट १४–१५ ले गुमाएको डायमण्डले चौथो सेटमा २५–२३ को जित निकालेको हो। अन्तिम तथा निर्णायक सेट १०–१५ ले गुमाउँदै डायमण्ड समुह उपविजेता बन्न पुग्यो।
३ खेलबाट ८ अंक बनाएको पुलिस क्लब समूह विजेताको हैसियतमा अन्तिम ४ मा स्थान बनाएको हो। यसअघि नै सेमिफाइनलमा पुगिसकेको डायमण्डले ३ खेलबाट ७ अंक जोडेको हो।
आजै भएको समूह बी को पहिलो खेलमा विभागीय टोली एपीएफ क्लबले कृष्ण सेकेण्डरी स्कुललाई सोझो सेटमा पाखा लगाएको हो।
एकपक्षीय खेलमा एपीएफले कृष्ण स्कुललाई २५–४,२५–६ र २५–३ ले सहजै पाखा लगाएको हो।
जितसँगै एपीएफले २ खेलबाट ६ अंक जोडेको छ। पराजित कृष्ण स्कुल भने अंक विहिन छ।
Shares
प्रतिक्रिया