खेल


‘ए’ डिभिजन लिग : संकटा र जावलाखेलले १–१ अंक बाँडे

‘ए’ डिभिजन लिग : संकटा र जावलाखेलले  १–१  अंक बाँडे

नेपालखबर
पुस १०, २०७६ बिहिबार ११:५०,

संकटा क्लब र प्रभु बैंक जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार १–१ को बराबरी खेलेका छन्।

दशरथ रंगशालामा भएको खेलको ७२ औं मिनेटमा जावलाखेलका ड्याडी जुनियर बाम्बाले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए। फ्रिकिकमा आएको बललाई जुनियरले हेडमार्फत पोष्टको दिशा लिएका थिए।

संकटाले पहिलो हाफमा कप्तान लक्ष्मण रुचालको गोलबाट अग्रता लिएको थियो। ३६ औं मिनेटमा फोडे फोफानेले आफैँलाई लडाएपछि प्राप्त फ्रिकिकमा लक्ष्मणले ३५ यार्डबाट झन्डैले गोल गरेका थिए।

त्यसअघि आठौं मिनेटमा जावलाखेलका फोडे फोफानोले बक्सभित्र पाएको मौकालाई सदुपयोग गर्न सकेनन्। लगत्तै सोही टोलीका ड्याडी जुनियर वाम्वाको प्रहार आकासियो।

तीन खेलमा अपराजित रहेको जावलाखेलको खातामा ५ अंक र संकटाको ४ अंक पुगेको छ। रुस्लान थ्रीस्टारसँग पहिलो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेको जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गरको थियो।

संकटाले यसअघिका २ खेलमा १ मा जित र अर्कोमा हार बेहारेको थियो। च्यासलसँग २–० पराजित भएको संकटाले दोस्रो खेलमा एनआरटीलाई १–० ले पराजित गरेको थियो।

यसअघि सातदोबाटोमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० ले हराउँदै मनाङ मस्र्याङ्दी क्लब शीर्षस्थानमा उक्लेको छ। ३ खेलमा मनाङको ९ अंक पुगेको छ। बीबीसीको ३ खेलमा ३ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad