हङकङमा लगातार तेस्रो दिन पनि सरकार विरोधी प्रदर्शन

हङकङमा लगातार तेस्रो दिन पनि सरकार विरोधी प्रदर्शन

नेपालखबर
पुस १०, २०७६ बिहिबार ११:४३,

हङकङमा लगातार तेस्रो दिन पनि सरकार विरोधी प्रदर्शन भएको छ। बिहीबारको प्रदर्शन मंगलबार र बुधबारको भन्दा शान्तिपूर्ण भएको एससीएमपीले जनाएको छ।

यद्यपी केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएका छन्। हङकङका व्यस्त सपिङ मलहरु लक्षित प्रदर्शन भएको थियो।

प्रदर्शनकारीले हङकङ चीनबाट स्वतन्त्र हुनुपर्ने भन्दै नारा लगाएका थिए। त्यस्तै प्रकृतिका ब्यानर बोेकेका थिए।

प्रहरीले आज पनि अश्रु ग्यास र पेपर स्पे्र प्रदर्शनकारीमाथि प्रहार गरेका थिए।

हङकङमा बुधबार क्रिसमसको दिन सरकार विरोधी प्रदर्शन हुँदा कार्यकारी प्रमुख क्यारी लाम प्रदर्शनकारीदेखि रुष्ट बनेकी थिइन्।

Protesters have clashed with police for three days over the festive period. Photo: EPA

क्यारी लामले भनेकी थिइन्,‘यो अवैधानिक गतिविधिले चाडको रौनकलाई विगारेको छ। स्थानीयको व्यापारमा धक्का दिएको छ।’

लामले फेसबुकमा भनेकी थिइन्,‘सरकारले कानुनअनुसार हङकङमा शान्ति र स्यायित्व पुनः स्थापना गर्ने प्रयत्न गरिरहेको छ।’

एससीएमपीका अनुसार प्रदर्शनकारीले मंगलबार एमटिएर स्टेसन तथा पसलहरुमा तोडफोड गरेका थिए। उनीहरुले मङ ककस्थित एमटिआर स्टेसन नजिक पेट्रोल बम प्रहार गरेका थिए।

हाल हङकङको आन्दोलन ७ औं महिनामा प्रवेश गर्न लागेकोे छ। केही समययता थोरै थामिएको प्रदर्शन मंगलबार रातिदेखि सुरु भएको छ।

 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .