ad ad

खेल


फाइनल पुग्न बुटवललाई १ सय ६६ रनको लक्ष्य, प्रदीपको आक्रामक ब्याटिङ

फाइनल पुग्न बुटवललाई १ सय ६६ रनको लक्ष्य, प्रदीपको आक्रामक ब्याटिङ

नेपालखबर
पुस १०, २०७६ बिहिबार ७:३९,

बुटवल ब्लास्टरले पोखरा प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि विराटनगर टाइटन्सबाट १ सय ६५ रनको लक्ष्य पाएको छ।

पोखरा रंगशालामा बिहीबार जारी इलिमिनेटरमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन जोडेको छ।

पहिलो विकेटका लागि मोहम्मद जाइद आलम र सुनिल धमलाले ३९ रनको साझेदारी गरे। पाँचौं ओभरको तेस्रो बलमा भीम सार्कीले जाइदलाई रनआउट पार्दै बुटवललाई पहिलो सफलता दिलाए। जाइदले १३ बलमा ३ चौकासहित २० रन बनाए।

यस्तै सोमपाल कामीले स्ट्रेट बाउन्ड्रीमा उत्कृष्ट क्याच समात्दै लोकेश बमलाई पवेलियन फर्काए। लोकेशले १६ बलमा २ छक्का प्रहार गर्दै १९ रन जोडे।

तेस्रो विकेटका सुनिल धमला र पुनित मेहराले ५७ रनको साझेदारी गर्दै विराटनगरको इनिङ्सअघि बढाएका थिए। ओपनर धमला १७ औं ओभरको तेस्रो बलमा ६१ रनको अर्धशतकीय पारी खेल्दै पवेलियन फर्किए। ५४ बलमा ६ चौका र २ छक्का प्रहार गरेका धमलालाई भीम सार्कीले ट्रेन्टमा उत्कृष्ट क्याच समाते।

अठारौं ओभरको अन्तिम बलमा अविनाश बोहराले उत्कृष्ट योर्कर फाल्दै आक्रामक ब्याट्सम्यान पुनित मेहरालाई बोल्ड पारे। पुनितले २१ बलमा २ चौकासहित १९ रन जोडे।

उनको स्थानमा क्रिजमा आएका नोमन खानलाई पहिलो बलमा नै ललितसिंह भण्डारीले साम्सद शेखको हातबाट खाता नै खोल्न नदिई पवेलियन फर्काए।

कप्तान प्रदीप ऐरीले अन्तिममा विस्फोटक पारी खेल्दै टिमलाई सो स्कोरमा पुर्याए। प्रदीपले १३ बलमा ३३ रनको नटआउट पारी खेले। प्रदीपले ४ छक्का र एक चौका प्रहार गरे।

यस खेलको विजेता टोलीले शनिबार हुने फाइनलमा उपाधिका लागि चितवन राइनोजसँग खेल्नेछ। चितवन यसअघि नै फाइनलमा पुगिसकेको छ।

प्रतियोगिताको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । मोस्ट भ्यालुएबल खेलाडीले १ लाख र इमर्जिङ खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

यो पनि: तेस्रो उपाधिको होडमा पारस

यो पनि: क्रिजमा जम्दै ज्ञानेन्द्र

यो पनि: पारसलाई शानदार लागेको लोकेशको त्यो पारी

यो पनि: फाइनलिस्ट छविको अनपेक्षित अन्त्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .