ad ad

कारोबार


पर्यटन व्यवसायीलाई बदनाम गराउँदा भ्रमण वर्ष नै असफल बन्नसक्छः पर्बतारोहण संघ

पर्यटन व्यवसायीलाई बदनाम गराउँदा भ्रमण वर्ष नै असफल बन्नसक्छः पर्बतारोहण संघ

नेपालखबर
पुस १०, २०७६ बिहिबार ७:३१,

नेपाल पर्बतारोहण संघले पर्वतीय पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याएको भन्दै व्यवसायिक प्रतिष्ठान यती समूहको बचाउ गरेको छ।

पछिल्लो समय यती समूहले नेपाल ट्रष्टको जग्गा सस्तो भाडामा लिएर व्यवसाय चलाइरहेको रिपोर्टहरू आएपछि नेपाल पर्बतारोहण संघले बिहीबार विज्ञप्ती जारी गरेर यतीको प्रतिरक्षा गरेको हो।

‘समग्र पर्यटन र खासगरी पर्वतीय पर्यटन प्रवद्र्धन तथा विकासमा अतुलनीय योगदान पु¥याएको व्यवसायिक प्रतिष्ठान यती समूहलाई नियोजित ढङ्गले बदनाम गराउन खोजिएकोप्रति पर्बतारोहण व्यवसायी र पर्बतारोहीको साझा संस्था नेपाल पर्बतारोहण संघको ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘नेपालको पर्बतारोहण क्षेत्रलाई विश्वव्यापी बनाउन मुख्य योगदान दिने यती समूहको भगिनि संस्था थामसेर्कु ट्रेकिङ नै हो भन्दा दुई मत नहोला।’

‘देशभक्त र स्वाभिमान व्यवसायीलाई बदनाम गराउन’ यती समूहबारे मिडियामा रिपोर्टहरू आएको दाबी गर्दै विज्ञप्तीमा भनिएको छ, ‘सयौं पर्बतारोहण पथप्रर्दशक र सहयोगी मजदुरहरूलाई रोजगारी दिनेदेखि दर्जनौं हिमालको प्रवद्र्धनमा पनि यती समूहको हात रहेको छ।’

‘नेपाल भ्रमण वर्ष २०२० शुरु हुनै लाग्दा ठोस् प्रमाणबिना देशभक्त र स्वाभिमान पर्यटन व्यवसायीको बदनाम गर्न खोजिएको’ दाबी गर्दै नेपाल पर्बतारोहण संघले त्यसबाट आफु सचेत भएको जनाएको छ।

‘यस्ता ठूला करदाता व्यवसायी समूहलाई थप प्रोत्साहन दिनुको सट्टा मानमर्दन र निरुत्साहित गरिनुले इमान्दार राष्ट्रिय पूँजीपतिवर्ग असुरक्षा महशुस गरी पलायन भई हजारौंको राजगारी र राजश्व समेत गुम्ने खतरा छ’, नेपाल पर्बतारोहण संघका अध्यक्ष शन्तवीर लामाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘र, घोषित भ्रमण वर्षको २० लाख पर्यटक भित्र्याउने लक्षसमेत असफल बन्ने खतरा बढेको छ।’

‘नेपाल पर्बतारोहण संघ देशभक्त राष्ट्रिय पूँजीपतिहरुको पक्षमा र सबैखाले दलाल पूँजीपतिहरुको विरुद्दमा सशक्त प्रतिरोध गर्न सबैलाई हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तीमा भनिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .