ad ad

खेल


रंगशालामै लाग्यो रंगभेदको नारा, भिनिसियस र ला लिगाबीच जुहारी

रंगशालामै लाग्यो रंगभेदको नारा, भिनिसियस र ला लिगाबीच जुहारी

नेपालखबर
पुस १९, २०७९ मंगलबार १२:४७, काठमाडौँ

रियल मड्रिडका ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरले लगाएको एक आरोपले अहिले फुटबल जगतका धेरैको ध्यान तानेको छ।

शनिबार राति रियल मड्रिड र भालाडोलिडबीचको खेलमा दर्शकहरुले रंगभेदी नारा लगाइरहँदा ला लिगा आयोजकले उनीहरुलाई रोक्न कदम नचालेको भन्दै भनिसियसले आलोचना गरेका हुन्।

ला लिगा आयोजकले रंगभेदी  नारा लगाउने समर्थकहरुलाई कारबाही गर्नुपर्ने यी खेलाडीको माग थियो। 

यद्यपि आयोजकले उनको आरोपको खण्डन गरेको छ। ला लिगाका अध्यक्ष जाभियर टेबासले भिनिसियसको आरोप अस्वीकार गर्दै यसअघि पनि ला लिगाले रंगभेदविरुद्ध विभिन्न कदम चालेको बताएका छन्। 

‘ला लिगामा हामी वर्षौंदेखि रंगभेदविरुद्ध लडिरहेका छौँ। भिनिसियसमाथिको घटना दुर्भाग्य हो तर ला लिगाले रंगभेदविरुद्ध केही गरेन भन्नुचाहिँ उचित होइन’, उनले भने। 

ला लिगाले जारी गरेको वक्तव्यमा भिनिसियस जुनियरले सामाजिक सञ्जालमा पोस्ट राख्नुभन्दा पहिला नै स्टेडियममा रंगभेदी नारा लगाउनेलाई पहिचान गरी कारबाही अघि बढाएको दाबी गरिएको छ। 

वक्तव्यमा ला लिगाले आगामी दिनमा पनि लिगमा रंगभेद, हिंसा, घृणा फैलाउनेजस्ता गतिविधिविरुद्ध निरन्तर लडिरहने बताइएको छ। साथै उसले आयोजकको मुख्य उद्देश्य हिंसालाई शून्यमा झार्ने रहेको उल्लेख गरेको छ।

यस्तो प्रयास निरन्तर भइरहेको पनि वक्तव्यमा स्पष्ट पारिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .