उरुग्वेका फरवार्ड लुइस सुआरेज ब्राजिली सिरी ए क्लब ग्रेमियोमा अनुबन्ध भएका छन्।
सुआरेज फ्रि ट्रान्सफरमा २०२४ सम्मका लागि ग्रेमियोमा आबद्ध भएका हुन्।
लिभरपुल बार्सिलोना र एथलेटिको मड्रिडका पूर्व फरवर्ड सुआरेज आफ्नो पूर्व क्लब नेसियोनलका ३ महिना खेलेका थिए।
ग्रेमियोले २०२३ को पहिलो खेल १७ जनवरीमा साओ लुइजसँग खेल्नेछ।
ग्रेमियो पुगेपछि सुआरेजले भने, यो सुन्दर चुनौतीका लागि तयार छु। त्यहाँ आउन र आनन्द लिन उत्साहित छु।
कतार विश्वकपमा तिन खेल खेलेका सुआरेजको टोली उरुग्वे समुह चरणबाटै बाहिरिएको थियो।
सुआरेजले लिभरपुलबाट १३३ खेलमा २ गोल, बार्सिलोनाबाट २३ खेलमा १९८ गोल र एट्लेटिको मड्रिडबाट ८३ खेलमा ३४ गोल आफ्नो नाममा गरेका छन्।
348
Shares
प्रतिक्रिया