ad ad

खेल


पोखरा एभेन्जर्सद्वारा विराटनगर सुपर किंग्ससामु १३६ रनको लक्ष्य प्रस्तुत

पोखरा एभेन्जर्सद्वारा विराटनगर सुपर किंग्ससामु १३६ रनको लक्ष्य प्रस्तुत

नेपालखबर
पुस १४, २०७९ बिहिबार १०:४३, काठमाडौँ

नेपाल टी २० लिगमा पोखरा एभेन्जर्सले विराटनगर सुपर किंग्ससामु १ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार पारेको हो। 

पोखराका लागि अमिर हम्जा ३७ र प्रतिश जिसी १३ रनमा नटआउट रहे। अमिरले २५ बलमा १ चौका र ३ छक्का हाने। प्रतिहले ८ बलमा २ चौका हाने। 

ओपनर सुमित महर्जन २६ र आशिफ शेख ११ रनमा पवेलियन फर्के। २५ बलको सामना गरेका सुमितले २ चौका र १ छक्का हाने। कप्तान युपुल थरांगा २५ रनमा क्याच आउट भए। युपुलले २४ बलमा २ चौका र १ छक्का हाने। सिद्धान्त लोहनी ९, शरद भेषावकर २, कुशल मल्ल १ रनमा आउट भए। 

विराटनगरका लागि एन्ड्री एक्लैले ३ विकेट झारे। उनले आफ्नो स्पेलमा २२ रन खर्चे। नन्दन यादव, राज नन्नन र शाहव आलमले समान एक विकेट लिए। 

लिगका ४ खेलमा हार भोगेको पोखरा पहिलो जितका लागि संर्घष गरिरहेको छ। विराटनगरले भने ३ खेलमा १ मा जित र २ मा हार भोगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .