ad ad

खेल


डि मारिया र मार्टिनेजले खुट्टामा खोपे विश्वकपको ट्याटु

डि मारिया र मार्टिनेजले खुट्टामा खोपे विश्वकपको ट्याटु

नेपालखबर
पुस १३, २०७९ बुधबार १०:११, काठमाडौँ

अर्जेन्टिनालाई  विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गोलकिपर इमिलियानो मार्टिनेजले आफ्नो खुट्टामा विश्वकपको ट्रफीको ट्याटु खोपेका छन्।

फ्रान्सविरुद्धको फाइनल खेलको अन्तिम समयमा फ्रान्सका स्टाइकर रन्डल कोलो मुआनीले प्रहार गरेको बल उनले  देब्रे खुट्टाले रोकेका थिए।

उक्त बल खुट्टाको जुन भागमा लागेर रोकिएको थियो, सोही ठाउँमा मार्टिनेजले विश्वकप ट्रफीको ट्याटु खोपेका हुन्। उक्त प्रहार रोकेसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ अर्जेन्टिनाले फ्रान्समाथि बाजी मार्‍यो। 

अर्जेन्टिनामा विश्वकप जितेको खुसी मनाउने क्रममा मार्टिनेजले ट्याटु खोपेका हुन्। उनले खोपेको ट्याटुमा ट्रफीमाथि तीन स्टार पनि राखिएको छ, जसमा अर्जेन्टिनाले जितेको तीन पटकको विश्वकपको मिति राखिएको छ। 

विश्वकप जितेपछि फ्रान्सका स्टाइकर एमबाप्पेलाई गिज्याएको भन्दै मार्टिनेजको आलोचना भइरहेको छ। 

शरीरमा विश्वकपको ट्रफीको ट्याटु खोप्ने मार्टिनेज एक्लो खेलाडी भने होइनन्। फाइनल खेलमा गोल गरेका एन्जल डि मारियाले पनि यसअघि आफ्ना दाहिने खुट्टाको तिघ्रामा विश्वकप ट्रफीको ट्याटु खोपेको तस्बिर सार्वजनिक गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .