ad ad

खेल


एनभीए क्लब च्याम्पियनसिपका लागि २३ टोलीको सहभागिता पक्का

एनभीए क्लब च्याम्पियनसिपका लागि २३ टोलीको सहभागिता पक्का

नेपालखबर
पुस १२, २०७९ मंगलबार १६:२०, काठमाडौँ

एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिपको सातौँ संस्करणका लागि पुरुषर्फ १५ र महिलातर्फ ८ क्लबको सहभागिता पक्का भएको छ। 

नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपका लागि अझै क्लब दर्ताको समय खुल्ला रहेका जानकारी गराएको हो।

आगामी २४ गतेदेखि माघ १ गते सम्म सातौं एन.भि.ए राष्ट्रिय महिला तथा पुरुष च्याम्पिनयसिप हुँदै छ। 

च्याम्पियनसिपमा पुरुषतर्फ नेपाली सेना, नेपाल प्रहरी, एपिएफ क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लव, नयाँ बजार सामाजिक युवा क्लब, दावाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बाग्लुङ, मणिमुकुन्द भलिबल क्लब बुटबल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश बढानिलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश प्रदेश प्रदेश, सुदुरपश्चिम प्रदेश क्लब र सैलुङ बागढुङ्गा स्र्पोटस् क्लब रामेछाफ गरि १५ टोलीको सहभागिता पक्का भएको छ। 

यस्तै महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लव नेपाल प्रहरी, नेपाली सेना, न्युडाइमण्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब बुटवल गरि ८ टोली सहभागी हुनेछन्। 

च्याम्पिनयसिपका लागि १९ गतेसम्म क्लब दर्ताको समय रहेकाले सहभागी क्लबको संख्या अझै बढ्न सक्ने संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए। 

च्याम्पियनसिपको उपाधि विजेताले ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछन्। च्याम्पियनसिपको सर्वोत्कृष्ठ खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन्। विधगततर्फ बेस्ट लीवेरो, स्पाइकर, ब्लकर, सरभर, सेटर र  प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन्। 

च्याम्पियनसिपको शीर्ष ६ मा रहने टोलीले सातौ आरबीबी एनभीए लिगमा स्थान बनाउनेछन्। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा हुनेछ। च्याम्पियसिपका लाग करिब ४६ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .