ad ad

खेल


लिभरपुलका प्रशिक्षक भन्छन्– मेस्सी मेरो जीवनकालकै महान् फुटबलर

लिभरपुलका प्रशिक्षक भन्छन्– मेस्सी मेरो जीवनकालकै महान् फुटबलर

नेपालखबर
पुस १२, २०७९ मंगलबार १०:१४, काठमाडौँ

इंग्लिस प्रिमियर लिगको क्लब लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सी आफ्नो जीवनकालकै महान् फुटबलर भएको बताएका छन्। फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेसँगै क्लोपले यस्तो बताएका हुन्। 

मेस्सीकै उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो। यो प्रतियोगितामा उनले समग्रमा सात गोल गरे। जसमध्ये दुई गोल उनले फाइनल खेलमा फ्रान्सविरुद्ध गरेका थिए। त्यस्तै उनले विश्वकपमा तीन गोलको लागि पास पनि उपलब्ध गराएका थिए। 

विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएसँगै मेस्सीलाई सर्वकालीन महान् फुटबलरको रुपमा चर्चा गरिँदै आएको छ। यसै क्रममा क्लोपले पनि मेस्सी आफ्नो जीवनकालकै महान् फुटबलर भएको बताएका हुन्। 

उनले भने, ‘अर्जेन्टिना उपाधिको हकदार थियो र तापाईंले उनीहरुको टोली र मुलुकमा भइरहेको उत्सव हेर्नुहुन्छ भने अर्जेन्टिना कठिन समयको सही मुलुक हो भन्ने थाहा हुन्छ। उनीहरुको उपाधि जितेकोमा म निकै खुसी छु, उनीहरुले यसका लागि लामो समय प्रतीक्षा गरेका थिए।’ 

उनले थपे, ‘मेरो जीवनकालको महान् फुटबलर लियोनेल मेस्सीले  यो उमेरमा जुन खेल प्रदर्शन गरेका छन्, त्यसले उच्च स्तरमा लामो समयसम्म कसरी फुटबलरहरुले प्रदर्शन गर्न सक्छन् भन्ने कुराको उत्तर दिन्छ। उनको खेल हेर्न पाउनु खुसीको कुरा हो।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .