ad ad

खेल


लिभरपुलमा अनुबन्धित हुँदै गाक्पो

लिभरपुलमा अनुबन्धित हुँदै गाक्पो

नेपालखबर
पुस १२, २०७९ मंगलबार ८:४७, काठमाडौँ

नेदरल्याण्ड्स तथा पीएसभीका खेलाडी कोडी गाक्पो लिभरपुलमा अनुबन्धित हुने भएका छन्।

पीएसभीले सामाजिक सञ्जाल ट्वीटरमार्फत गाक्पो लिभरपुलमा अनुबन्धित हुने सम्झौता भएको बताएको हो। २३ वर्षीय यी खेलाडीले गत विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनको प्रदर्शनको सहयोगमा नेदरल्याण्ड्स क्वार्टरफाइनलसम्म पुगेको थियो। मार्काले उल्लेख गरेअनुसार उनलाई लिभरपुलले ३ करोड ७० लाख पाउण्ड फिक्स र एक करोड ३० लाख पाउण्ड भेरिएबलमा उनलाई अनुबन्धन गर्न लागेको हो।

पीएसभीको लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता हो। 

गाक्पोले पीएसभीको लागि सबै प्रतियोगिताको २४ खेलमा १३ गोल र १७ पास उपलब्ध गराएका छन्। गाक्पोलाई अनुबन्धन गरेसँगै उनले च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा रियल मड्रिडविरुद्ध खेल्नेछन्।

लिभरपुलका मोहम्मद सलाह, डार्विन नुएज, डिओगो जोटा, रोबर्टो फर्मिन्हो र फबिओ कार्भाल्होसँग गाक्पोको जोडीले राम्रो नतिजा निकाल्न सक्ने अपेक्षा गरिएको छ। कतारमा जारी फिफा विश्वकप २०२२ सम्पन्न भएपछिको यो पहिलो ट्रान्सफर सम्झौता हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .