ad ad

राजनीति


सीके राउत सरकारमा नजाने, सांसद अब्दुल खान उद्योगमन्त्री बन्दै

सीके राउत सरकारमा नजाने, सांसद अब्दुल खान उद्योगमन्त्री बन्दै

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०७९ सोमबार १५:४, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने भएका छन्। 

सोमबार संसद भवनमा बसेको सात दलीय गठबन्धनको बैठकबाट निस्किँदै राउतले आफू सरकारमा नजाने बताएका हुन्। 

'वास्तवमा भन्नु हुन्छ भने म त सांसद हुन लायक पनि छैन, मन्त्रीको त परको कुरा!', उनले भने, 'म सरकारमा जान्नँ, हामीले एउटा मन्त्रालय पाएका छौँ। त्समा हाम्रा वरिष्ठ उपाध्यक्ष अब्दुल खान सरकारमा जाँदै हुनुहुन्छ।'

जनमतले यसअघि कृषि मन्त्रालय मागेको थियो। तर गठबन्धनले जनमतलाई उद्योग मन्त्रालय भाग लगाएको हो। 

जनमतले मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट जितेको थियो। समानुपातिकबाट ५ सिट जितेको जनमतको प्रतिनिधित्व सरकारमा खानले गर्न लागेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .