ad ad

खेल


कसले पाउला युनाइटेडमा रोनाल्डोको स्थान?

कसले पाउला युनाइटेडमा रोनाल्डोको स्थान?

नेपालखबर
पुस १२, २०७९ मंगलबार ७:६, काठमाडौँ

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले कतार विश्वकपअघि टोलीका प्रमुख स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता रद्द गरेको थियो।

रोनाल्डोसँगको सम्झौता रद्द गरेको युनाइटेडलाई अर्का भरपर्दा स्ट्राइकरको खाँचो छ। युनाइटेडले उनको स्थानमा खेल्ने आक्रमक खेलाडीको खोजी सुरु गरिसकेको छ।

रोनाल्डोसँगको तनावपूर्ण सम्बन्ध टुंगिएपछि युनाइटेडले नेदरल्याण्ड्सका कोडी गाक्पोलाई टोलीमा ल्याउने तयारी सुरु गरेको छ।

युनाइटेडले जनवरी ट्रान्सफर विन्डोमा गाक्पोलाई टोलीमा भित्र्याउने गरी पीएसभी एन्डोभेनसँग वार्ता सुरु गरेको हो।

पछिल्लो समय पीएसभी आर्थिक संकटबाट गुज्रिरहेको खबर पाएसँगै युनाइटेडले गाक्पोलाई खरिद गर्ने वार्ता सुरु गरेको हो।

द मिररकाअनुसार युनाइटेड  २३ वर्षीय फरवार्डलाई ५ करोड पाउण्डभन्दा कममा खरिद गर्ने योजनामा छ। 

युनाइटेडका प्रशिक्षक एरिक टेन हग गाक्पोको आगमनले प्रिमियर लिगको शीर्ष चारमा अटाउने लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका छन्।

रोनाल्डो टोलीबाट बाहिरिएसँगै क्लबको भविष्यबारे आशंका उत्पन्न भइरहेको समयमा प्रशिक्षकले यस्तो बताएका हुन्। प्रशिक्षकले रोनाल्डोले दिन नसकेको नतिजा गोक्पोले दिन सक्ने उल्लेख गरेका छन्। 

त्यसो त गाक्पोलाई  खरिद गर्न चाहने युनाइटेड एक्लो क्लब भने होइन। उनलाई रियल मड्रिड, आर्सनल र न्युकास्टलले पनि खरिद गर्न चाहेका छन्।

कतार विश्वकपमा नेदरल्याण्ड्सको समूह चरणका तीन खेलमा गोल गर्दै गाक्पोले आफूलाई साबित गरेका थिए। 

युनाइटेडले पीएसभीसँग सम्पर्क गर्दै गाक्पोलाई टोलीमा भित्र्याउने दिशामा पहिलो कदम चालिसकेको छ।

साथै गाक्पोलाई युनाइटेड आउन पनि व्यक्तिगत हिसाबमा कुनै पनि समस्या नहुने पनि उनी स्वयंले यसअघि स्पष्ट पारिसकेका छन्। 

यसअघि समर ट्रान्सफरमा पीएसभीले गाक्पोलाई ४ करोड पाउण्डभन्दा कममा बेच्न खोजेको थियो। त्यतिबेला लिड्स युनाइटेड र साउथाम्टनले उनलाई खरिद गर्न चाहेका थिए।

युनाइटेडले भने आफ्नो बजेट एन्टोनीलाई भित्र्याउन प्रयोग गरेको थियो। त्यसैले यो दौडमा ऊ सामेल भएन। यद्यपि अन्तिम समयमा पीएसभीले यो सम्झौता निकै सस्तो हुने भन्दै गाक्पोलाई अर्को क्लब नपठाउने निर्णय गरेको थियो। 

पीएसभी गाक्पोलाई बेच्दै आर्थिक संकटबाट बाहिर निस्किने अवसर छ। गाक्पोले अहिले नै आफ्नो क्लबको आर्थिक संकट टार्दै अर्को क्लबमा जान आफू तयार रहेको बताइसकेका छन्। यस्तोमा युनाइटेडले उनलाई  ल्याउँदै रोनाल्डोको स्थान दिन सक्छ। 

युनाइटेडले पोर्चुगलका गोन्सालो रामोस र नेदरल्याण्ड्सका मेम्फिस डिपेलाई पनि अनुबन्धन गर्ने विषयमा पनि छलफल गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .