ad ad

खेल


‘जुनसुकै समय रियल मड्रिड जान सक्छन् अल्भारेज’

‘जुनसुकै समय रियल मड्रिड जान सक्छन् अल्भारेज’

नेपालखबर
पुस १०, २०७९ आइतबार १२:१४, काठमाडौँ

कतार विश्वकप २०२२ ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको सबैभन्दा ठूलो सपना पूरा गरेकको छ।

यो विश्वकपमा मेस्सीको सपना मात्रै पूरा भएसँगै अर्जेन्टिनाका उदाउँदा दुई युवा खेलाडी इन्जो फर्नान्डेज र जुलियन अल्भारेजले आफूलाई साबित गरे।

विश्वकपको सुरुमा अर्जेन्टिनाको टोलीमा सब्स्टिच्युटका रुपमा मैदान प्रवेश गरेका दुवैले प्रतियोगिता सकिँदासम्म टोलीको मुख्य खेलाडीको रुपमा आफूलाई प्रमाणित गरे। 

अर्जेन्टिनाको टोलीमा इन्जो फर्नान्डेज, रोड्रिगो डि पल र म्याक एलिस्टारसँगै मिडफिल्डका प्रमुख खेलाडी बने।

म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्दै आएका अल्भारेज अर्जेन्टिनाको टोलीमा मेस्सीका भरपर्दो साथीका रुपमा स्थापि भए।

उनले सुरुवाती ११ मा परेको ५ खेलमा ४ गोल गरे। यी दुवै खेलाडीको भविष्य यो विश्वकपले उज्वल रहने देखाएको छ। उनीहरु दुवै २२ वर्षमुनिका हुन्। 

विश्वकपपछि अहिले धेरैको ध्यान अर्जेन्टिनाका उदाउँदा यी खेलाडीमा केन्द्रित छ।

इन्जो फर्नान्डेज अहिले पोर्चुगिज बेन्फिका छाड्ने अवस्थामा छन्। विश्वकपपछि बेन्फिका अब उनलाई रोक्न सक्ने अवस्थामा छैन।

अहिले नै उनका लागि करिब १० करोड युरोको प्रस्ताव आइसकेको छ। यसअघि नै उनी स्पेनिस क्लब रियल मड्रिड जान सक्ने सम्भावना रहेको समाचार आएका थिए।

विश्वकपमा अल्भारेज

विश्वकपले फर्नान्डेजको मूल्य पनि ह्वात्तै बढाइदिएको छ। यद्यपि फर्नान्डेज इङ्ग्ल्याण्डका जुड बेलिंघमले बुन्डेस लिगा क्लब बोरुसिया डर्टमन्ड छाड्ने मनस्थिति बनाएको अवस्थामा दोस्रो रोजाइमा पर्न सक्छन्। 

यसै सिजन म्यानचेस्टर सिटी आएका अल्भारेजले इङ्ग्ल्यान्ड छाड्ने चर्चा चलेको छैन। यद्यपि उनको रियलसँग पुरानो सम्बन्ध छ।

११ वर्षको उमेरमा अल्भारेजले रियलमा नै फुटबल प्रशिक्षण लिएका थिए। उनको आफ्नै सहर काल्चिनमा फुटबल सिकाउने पहिलो प्रशिक्षक राफेल भारास भने अल्भारेज कुनै पनि समय रियल जान सक्ने बताए। ‘मलाई के लाग्छ भने उनले जुनसुकै समयमा रियलको सर्ट लगाउन सक्छन्’, अर्जेन्टिनाको एक रेडियोसँगको कुराकानीमा उनले भने। 

ग्वार्डिओलाको लागि बढ्दो महत्व 
अल्भारेजे म्यान सिटी छाड्ने सम्भावना त्यति देखिएको छैन। गत समरमा अल्भारेज अर्जेन्टिनी क्लब रिभर प्लेटबाट सिटीमा आबद्ध भएका थिए। उनलाई क्लबले १ करोड ८५ लाख युरोमा टोलीमा ल्याएको हो।

सिटीमा आएपछि एर्लिङ हालान्डको छायामा परे पनि पेप ग्वार्डिओलाले उनलाई विश्वकपअघिको अन्तिम खेलमा मौका दिएका थिए।

स्पेनिस प्रशिक्षकले विभिन्न समयमा अल्भारेजको प्रशंसा पनि गरेका छन्। प्रिमियर लिगमा उनी केवल तीन खेलमा मात्रै सुरुवाती ११ मा परेका छन्। उनले लिगमा दुई गोल गरेका छन्।

च्याम्पियन्स लिगमा उनी ६ मध्ये चार खेलमा सुरुवाती ११ मा परेका छन्। जसमा उनले २ गोल गरेका छन्। यो विश्वकपपछि भने अल्भारेजलाई हालान्डसँगै सुरुवाती ११ मा खेलाउन ग्वार्डिओलालाई दबाब बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .