नेपाल टी२० लिगअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।
पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५७ रन बनाएसँगै विराटनगरले १५८ रनको लक्ष्य पाएको हो।
लुम्बिनीका लागि लाहिरु मिलन्थाले मविजित ८० रनको शानदार पाली खेले।
कुशल भुर्तेलले २६ तथा दीपेन्द्रसिंह ऐरीले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
अहिले विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ।
108
Shares
प्रतिक्रिया