ad ad

खेल


युनाइटेडको जितमा एरिक्सन र रासफोर्डको गोल

युनाइटेडको जितमा एरिक्सन र रासफोर्डको गोल

नेपालखबर
पुस ७, २०७९ बिहिबार ७:२५, काठमाडौँ

म्यानचेस्टर युनाइटेड कारबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको अन्तिम १६ को खेलमा बर्नलीलाई २–० गोल अन्तरले पराजित गर्दै युनाइटेडले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। फिफा विश्वकपपछि युनाइटेडको पहिलो खेलमा टोलीलाई जित दिलाउने क्रममा खेलको २७ औं मिनेटमा क्रिस्टियन एरिक्सनले सुरुवाती गोल गरेका थिए।

पहिलो हाफमा १–० ले अगाडि रहेको युनाइटेडका लागि खेलको ५७ औं मिनेटमा मार्कस रासफोर्डले अर्को गोल थपे। 

घरेलु मैदानमा हात पारेको यो जितसँगै युनाइटेड लयमा फर्किएको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

विवादको कारण टोलीका मुख्य खेलाडीसमेत रहेका क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै युनाइटेडको भविष्यको विषयमा नै आशंका भइरहेको समयमा युनाइटेडले महत्वपूर्ण जित हात पारेको हो। 

रोनाल्डोको अनुपस्थितिमा बुधबारको खेलमा एन्थोनी मार्टियललाई मुख्य स्ट्राइकरको रुपमा खेलाइएको थियो।

यस्तोमा उनले आफूलाई फिट राख्नुका साथै टोलीमा विश्वास सिर्जना गर्न सकेको अवस्थामा उनी मुख्य स्ट्राइकरको रुपमा कायम रहन सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .